नियम ३०
अन्तर्वार्ता सम्बन्धी अन्य व्यवस्था
(१) अन्तर्वार्ता हुने दिन आयोगले खटाएको कर्मचारीले उम्मेदवारबाट पेश भएको प्रमाणित कागजातको सक्कल प्रतिसँ ग भिडाउने र प्रवेशपत्र जा“च गरी हाजिर समेत गराउनु पर्नेछ ।
(२) निजामती सेवामा प्रवेश पाउने उद्देश्यले शैक्षिक योग्यता, उमेर, नागरिकता,अनुभव आदि ढांटेको देखिएमा त्यस्तो उम्मेदवारलाई अन्तर्वार्तामा समावेश गराइने छैन र निजको दरखास्त रद्द गरिनेछ ।
(३) अन्तर्वार्ता सम्बन्धी अन्य व्यवस्था आयोगले बनाएको निर्देशिकामा व्यवस्था भए बमोजिम हुनेछ ।